वानेश्वरमा एक महिलाको शव भेटियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १४, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक महिलाको शव भेटिएको छ ।

क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए । शवको सनाखत भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस